काठमाडौँ ।
प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । बुधबार दिउँसो ३ स् १५ बजेपछि सुरु भएको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध गरेका हुन् ।














