पोखरा ।
असल छिमेकी नेपालले राष्ट्रिय माध्यमिक विद्यालयका निम्नस्तरका विद्यार्थीलाई विद्यालय सामाग्री वितरण गरेको छ ।
असल छिमेकी नेपालले आज (बिहीबार)विद्यालय प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै ई.सी.डी देखि कक्षा १२ सम्मका ४५ जना विद्यार्थीलाई विद्यालय सामाग्री हस्तान्तरण गरेको हो ।
विद्यार्थीलाई कपि कलम, ड्रेस,स्पोर्टस ड्रेस, प्राथमिक उपचारका लागि चाहिने सामाग्रीसहितको १३ हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधानले उक्त सामाग्री प्रदान गरेका हुन् ।
सोही अवसरमा असल छिमेकी नेपालले तीनै ४५ जना विद्यार्थीको निशुल्क स्वास्थ्य जाँच पनि गरेको थियो ।
चेकजाँचको क्रममा केही विद्यार्थीमा भाइरल ज्वरो तथा रुघाखोकी देखिएकोमा उनीहरुलाई निशुल्क औषधि, भिटामिन तथा जुकाको औषधि प्रदान गरिएको असल छिमेकी नेपालका कार्यकारी अधिकृत दिनेश के.सीले बताए ।
असल छिमेकी नेपालको कार्यसमिति सदस्य सीमा पौडेल रोकाको अध्यक्षतामा भएको कार्यक्रम परिचालक दलबहादुर चन्दले सञ्चालन गरेका थिए ।
राष्ट्रिय माविका स्कुल व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश प्रसाद पौडेल, प्रध्यायानाध्यापक ईश्वरी प्रसाद सापकोटाले असल छिमेकीलाई धन्यवाद दिर्दै मन्त्व्य राखेका थिए भने असल छिमेकी नेपालका कार्यकारी अधिकृत दिनेश के.सि ले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा विद्यार्थीसहित अभिभावक पनि उपस्थित रहेका थिए ।















