प्रदेश २ मा अत्यधिक चिसो: विद्यालयहरु भए बन्द

केन्द्रभाग मिडिया

प्रदेश २ मा शीतलहर र चिसोको कारण विद्यालयहरु बन्द भएका छन् । बालबालिकाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहले विद्यालहरु सबै बन्द गर्ने निर्णय गरेको हो ।

बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाका क्षीरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सामुदायिक विद्यालय पाँच दिनसमका लागि बन्द गरेका हुन् ।

अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा मंगलबारदेखि शुक्रबारसम्म, धनुषाको नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सोमबारदेखि शुक्रबारसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरिएको नगराईन नगरपालिकाले जनाएको छ ।

चिसोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन थालेकाले विद्यालय बन्द गरिएको जनाइएको छ ।

  • २० पुष २०७८, मंगलवार १३:०९ प्रकाशित