मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

जनमत पार्टीले मधेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियालाई फिर्ता गर्ने तयारी गरेको हो ।

उनी दुवै जनालाई फिर्ता बोलाएर जनमतले समानुपातिक प्रदेश सांसद बसन्त कुशवाहा र प्रत्यक्ष निर्वाचित सांसद सञ्जयकुमार यादवलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

 

  • ८ जेष्ठ २०८२, बिहीबार १६:३२ प्रकाशित