पोखरा ।
इलेक्ट्रोनिक माइक्रो चोरेर काठमाडौंबाट धादिङ ल्याउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ बनस्थली स्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट माइक्रो चोरी गरेको आरोपमा स्याङजाको विरुवा १ का सुदिप थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठ्माडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका हुन् ।
प्रहरी उपरीक्षक बोहराका अनुसार काठमाडौं १६ बनस्थली बस्दै आएका १९ वर्षीय थापाले बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माईक्रोसहित धादिङबाट गत २९ वैशाखमा पक्राउ गरिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा नियन्त्रणमा लिइ चोरी सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन चारको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको एसपी बोहोराले बताए ।















