पोखरामै लागानी गरेको पोखरेलीलाई बोर्ड सदस्य बनाऔं : पर्यटन व्यवसायी

केन्द्रभाग मिडिया

पोखरा  ।

पोखराका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरि पर्यटन व्यवसाय संञ्चालन गरीरहेका व्यवसायी मध्येवाट पोखराको प्रतिनिधित्व सुनिश्चित्तता गर्न आग्रह गरेका छन् ।

पोखराका पर्यटकीय संघसंस्थाहरुको छाता संस्थाको रुपमा रहेको पोखरा पर्यटन परिषदले पर्यटनमन्त्री बद्री प्रसाद पाण्डे समक्ष यस्तो आग्रह गरेको हो । विश्व पर्यटन बजारमा नेपालको पोखरा शहर स्थापीत भैसकेको, पर्यटनको राजधानी समेत घोषणा भइसकेको र पर्यटनको राजधानी स्थापित गर्न आवश्यक पूर्वाधार र नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्दै सोही अनुरुप पोखराको भावना बुझ्ने पात्र बोर्ड सदस्य नियुक्त हुनुपर्ने परिषदले उल्लेख गरेको छ ।

यतिबेला पोखरा भ्रमण वर्ष २०२५ समेत घोषणा गरी विभिन्न कार्यक्रमहरु आगाडि सारिएकाले यसलाई समेत सहयोग गर्नेगरी संघमा अभिभावकत्व लिन पर्यटन मन्त्रीलाई आग्रह गरिएको छ ।  पोखरामा निजी क्षेत्रको ६ खर्ब भन्दाबढि लगानी रहेको उल्लेख गर्दै परिषदले हाल पोखराबाट पर्यटन बोर्डमा प्रतिनिधित्व नभएको समेत नरहेको बताएको छ ।

‘पोखराबाट नेपाल पर्यटन वोर्डमा प्रतिनिधित्व नरहेको बर्तमान अवस्थामा देशकै पर्यटकीय राजधानीको रुपमा घोषणा भई सकेको यस क्षेत्रवाट नेपाल पर्यटन बोर्डको हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरि पर्यटन व्यवसाय संञ्चालन गरी रहका व्यवसायी मध्येवाट पोखराको प्रतिनिधित्व सुनिश्चित्तताका लागि आवश्यक पहल तथा निर्णय लिईदिनुहुन बिनम्र अनुरोध गर्दछौं’ पोखरा पर्यटन परिषदले लेखेको अनुरोध पत्रमा उल्लेख छ ।

  • २९ बैशाख २०८२, सोमबार ०९:०५ प्रकाशित