सांसद रेशम चौधरीले नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।काठमाडौंको डिल्लीबजार कारागारमा रहेका सांसद चौधरीले आज सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्।
आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने भएका हुन्।
रञ्जिताका अनुसार नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित अध्यक्ष उनी छिन्। नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोगमा जाँदैछ।