राष्ट्रिय युवा संघको १० औं अधिवेशन ९ जेठदेखि पोखरामा

केन्द्रभाग मिडिया

 

पोखरा ।

राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी जेठको दोश्रो साता पोखरामा हुने भएको छ । संघले आज पोखरामा पत्रकार भेटघाट मार्फत संघको महाधिवेशन आगामी ९ जेठदेखि ११ जोडसम्म पोखरामा गर्न लागेको जानकारी दिएको हो । महाधिवेशनको तयारी भइसकेको संघका अध्यक्ष अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

अध्यक्ष थेवेले महाधिवेशन नेपालका युवाहरूको सशक्तिकरण, संगठनको भविष्यको कार्यदिशा तय गर्नका लागि महत्वपूर्ण हुने बताए । महाधिवेशनमा देशका ७७ जिल्लाकै प्रतिनिधि, युवा अगुवा तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने उनले जानकारी दिए ।

महाधिवेशनले नया नेतृत्व चयन गर्नुका साथै संगठनको विधान, नीति र कार्यक्रमहरूका बारेमा समीक्षा र संशोधन गर्ने जनाइएको छ । साथै महाधिवेशनमा आगामी दिनमा युवा अभियान सञ्चालनबारे छलफल हुने अध्यक्ष थेवेले बताए। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा युवाहरूको भूमिका, रोजगारी सृजना, नेतृत्व विकास, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका विषयमा समेत छलफल हुने उनको भनाई छ ।

महाधिवेशनका लागि सङ्घले प्रतिनिधि चयन गरिसकेको जनाएको । महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरेर २ हजारको हाराहारीमा सहभागीता रहने जनाइएको छ। । नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा संघका ईन्चार्ज राजिव पहारीले युवा संघको महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने र बजेटको अगाडि अधिवेशन भएकाले यसले पोखरामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए ।

  • २३ बैशाख २०८२, मंगलवार २०:१० प्रकाशित