स्टेप बाई स्टेप माबिमा निर्वाचन

केन्द्रभाग मिडिया

पोखरा ।
निर्वाचन प्रणालीका बारेमा सिक्ने सिकाउने उद्देश्यले प्रत्यक्ष निर्वाचन गरी स्टेप बाई स्टेप माबि मासबार, पोखरामा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको प्रत्यक्ष निर्वाचन गरी कार्यसमिति चयन गरिएको छ ।

निर्वाचन आयोगले निर्वाचनमा प्रयोग गर्ने मतपेटिका लागाएतका सामाग्रीको प्रयोग गरीे तीनै सर्कलको निर्वाचन गरिएको थियो ।

पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा आयुषा थापा, उपाध्यक्ष मेलिना पुन, सचिव मानुसी गुरुङ्ग, कोषाध्यक्ष सम्भव रेग्मी र सहसचिव अनुज बराल निर्वाचित भएका छन् ।

सदस्यहरुमा इमा थापा, समृद्धि खत्री, सदिक्षा पौडेल, आरोही अधिकारी र करुणा केसी निर्वाचित भएका छन् । शिक्षक नायकको जिम्मेवारी विवेक गौतमलाई दिइएको छ ।

प्रसन्ना पराजुलीको अध्यक्षतामा निर्वाचित क्वालिटी सर्कलको उपाध्यक्षमा अन्मोल गुरुङ्ग र कोषाध्यक्षमा रोमन्सन गिरी चुनिएका छन् । सदस्यहरुमा इरा शर्मा, विनायक गुरुङ्ग, आयुषी बराल, अनुस्का शर्मा र उमङ्ग भुजेल निर्वाचित भएका छन् । शिक्षक कोर्डिनेटरमा रितु गौतम रहेका छन् ।

ग्रो सर्कलको अध्यक्षमा रोजित सापकोटा निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः साहारा खड्का, सौरभ भण्डारी, निरेश क्षेत्री र सुदर्शन तिमिल्सिना निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुशान्त पराजुली, सफल गौतम, मानस्बी खड्का, सुप्रिया दास र अमिक नेपाली निर्वाचित भएका छन् । शिक्षक कोडिनेटरको जिम्मेवारी नवीन रानालाई दिएको छ ।

कार्यक्रममा संस्थापक प्राचार्य तथा सर्कलका संरक्षक निर्मला बरालले विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्ने, सेवाको भावना जागृत गर्ने र विद्यार्थीमा सक्रियता बढाउने उद्देश्यले सर्कलहरु गठन गरिएको बताउँदै बधाई तथा शुभकामना दिइन् ।

संस्थापक निर्देशक रमाकान्त बराल, सहप्राचार्य दिपक गिरी र विद्यालय संयोजक सूर्य प्रसाद लम्सालले पनि शुभकामना दिएका थिए ।

निर्वाचन कार्यक्रम विद्यालयका सामाजिक विभाग प्रमुख लक्ष्मण भण्डारीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

  • २१ बैशाख २०८२, आईतवार २०:२० प्रकाशित