काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको दुष्चक्रले जनतालाई चिन्तित तुल्याएको बताएका छन् । साथै उने युवाहरूले विचारलाई एकीकृत गरेर आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्ने मुलुकको विकास हुने बताएका छन् ।
काठमाडौँको भृकुटी मण्डपमा पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसका अवसरमा भएको ‘यूथ सेलिब्रेशन’कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै पनि राष्ट्रको विकास र सम्मृद्धिका लागि भिजनरी नेतृत्व, स्ट्रङ पोलिटिकल पार्टी र स्थायित्व अनिवार्य भएको बताए ।
उनले अब नेपालमा युवाहरूले जनमत विभाजित गर्न नहुने तथा जनमत ध्रुवीकरण समेत गर्न नहुने बताए । युवाहरूको भविष्य सुरक्षित राख्न एमाले प्रतिबद्ध रहेको भन्दै पोखरेलले आउने बजेट र नीति कार्यक्रम युवामैत्री हुने दाबी गरे । पोखरेलले देश हितका निम्ति दरिलो ढङ्गले उभिने पार्टी एमाले भएको भन्दै राष्ट्रका समस्या पनि एमालेले नै सम्बोधन गर्ने बताए ।














