शिक्षामन्त्री नियुक्त हुँदै रघुजी पन्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका नेता एवम् समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय गरिसकेको जनाइएको छ ।

प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तको शपथ बिहीबार गराउने तयारी छ । त्यसका लागि मुख्यसचिव एकनारायण अर्यालले शीतल निवासमा बुधबार नै फोन गरिसकेका छन् । नयाँ मन्त्री नियुक्त हुने भएकाले शपथ कार्यक्रमको तयारी गरिदिन उनले भनिसकेका छन् ।

यही सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी भएको हो । शिक्षक आन्दोलन २० औं दिनमा भट्टराईले राजीनामा दिएकी थिइन् ।

  • १० बैशाख २०८२, बुधबार १८:०४ प्रकाशित