गौतमबुद्ध विमानस्थलमा नियमित उडान प्रयास भइरहेको छः मुख्यमन्त्री आचार्य

केन्द्रभाग मिडिया

रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको लागी प्रयास भइरहेको बताएका छन । लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नको लागी आफूले प्रधानमन्त्री, अर्थमन्त्री देखि लिएर नागरिक उड्डयन प्राधिकरण सम्म छलफल गरेको बताए ।

आचार्यले भने, “गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यस क्षेत्रमा व्यवसायिहरुको अरबौँ लगानी भएको छ, प्रदेश सरकारले मनन र आत्मसाथ गरेको छ । विमानस्थल चलाउनको लागी प्रदेश सरकार गम्भीर रहेको छ, सङ्घीय सरकार सँग छलफल गरिरहेका छौँ ” । आचार्यले लुम्बिनी प्रदेशको विकासको लागी पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न अपरिहार्य रहेको जानकारी दिए ।

  • ७ बैशाख २०८२, आईतवार १२:३६ प्रकाशित