गणतन्त्र नामले होइन, कामले बच्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनले बताए ।

वर्तमान सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको उनले उल्लेख गरे । शनिबार राति बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनले बताए ।

यसलाई वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको भन्दै उनले खण्डन गरे । जनमत गणतन्त्रकै पक्षमा रहेकोले अत्तिहाल्नुपर्ने अवस्था नरहेको प्रचण्डको भनाइ थियो ।

  • ७ बैशाख २०८२, आईतवार ११:५२ प्रकाशित