कास्कीको सल्यानमा द्वन्द्वकालका शहीद कृष्ण बहादुर गुरुङको शालिक अनावरण

केन्द्रभाग मिडिया

पोखरा ।

अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा द्वन्द्वकालमा शहीद भएका कृृष्ण बहादुर गुरुङको स्मृतिमा सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले शालिकको अनावरण गर्दै द्वन्द्वकालीन पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरे ।

युवाको नेतृत्वमा देश विकास गर्ने योजनाको चर्चा गर्दै धार्मिक स्थलहरूको संरक्षण तथा प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा अन्नपूर्ण–४ का वडा अध्यक्ष आइन्दल गुरुङ, गाउँपालिका अध्यक्ष बिण्णु केसी, छिमेकी पालिकाका अध्यक्षहरू, र कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्माको उपस्थिति थियो ।

शर्माले कृष्ण बहादुर गुरुङको जीवनी प्रस्तुत गर्दै स्थानीय धार्मिक स्थल भुमेथान र निर्माणाधीन हनुमान धामको ऐतिहासिक र धार्मिक महत्वबारे प्रकाश पारे ।
शहीदका छोरा विजय गुरुङले युवाको भूमिका सुनिश्चित गर्न आग्रह गरे । अन्नपूर्ण गाउँपालिका ४ का कांग्रेस सभापति मान बहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागीता रहेको जानकारी ई. महेन्द्र पौडेलले जानकारी दिए ।

  • ६ बैशाख २०८२, शनिबार २१:१३ प्रकाशित