विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोकिएका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै उनले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तीव्र पारिने बताए ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा सरकारले काम गरिररहेको उनको भनाइ छ । सहकारी मार्फत कृषिको अनुदान र युवाहरूलाई स्टार्टअप कर्जाका लागि आवेदन दिन सकिने ओलीले बताए । झापा–५ बाट निर्वाचित प्रम ओलीले बिस्तारै डायलासिस, आँखा उपचारसहितका उपचार शुरू गरेर गौरादह अस्पताललाई सुविधासम्पन्न बनाउने बताए ।
१५ शय्याको यो अस्पताल २०८३ माघमा सम्पन्न गर्ने गरी १२ करोड ५९ लाख ७९ हजारको लागतमा ३२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने मेयर छत्रपति सुवेदीले जानकारी दिए ।












