वैशाख २१ सम्म तीनकुने आन्दोलनपछि समातिएका नेताहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिने डा. जगमान गुरुङको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।
राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई वैशाख २१ गते सम्म रिहा नगरे २२ गते सामुहिक गिरफ्तारी दिने बताएका छन ।

बुधवार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङलेतीन्कुने आन्दोलनपछि समातिएका नेताहरुलाई रिहा नगरे तीनकुनेमा सहादत प्राप्त गरेका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामुहिक गिरफ्तारी दिने बताए ।

वैशाख २१ गते सम्म नवराज सुवेदीको नवरबन्द फुकुवा र आफ्ना साथीहरुको मुद्धा खारेज गरेर रिहाइ नगरे आफुहरु ज्यानको माया मारेर अगाडी बढ्ने र त्यसको नेतृत्व आफुले गर्ने गुरुङले बताए । आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारे । तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनको भनाइ थियो ।

  • २६ चैत्र २०८१, बुधबार १४:४० प्रकाशित