काठमाडौँ ।
कुलमान घिसिङपछि सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि रिट निवेदन दर्ता भएको छ ।
शाक्यले बुधबार दिएको रिट निवेदन ढाँचा नमिलेपछि यसअघि सच्याउन पठाइएको थियो । सच्चाएर ल्याएपछि उनको रिट निवेदन दर्ता भएको प्रशासनले जनाएको छ ।














