कुलमानको समर्थनमा उत्रेका १२ प्रदर्शनकारी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रर्दशनमा उत्रिएका १२ प्रदर्शनकारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।
गरेसँगै उनको समर्थनमा मंगलबार दिनभर प्रदर्शनहरू भएका छन् ।

यसैबिच नेकपा बहुमतका युवाहरूले पनि सिंहदरबारको निषेध क्षेत्रमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

  • १२ चैत्र २०८१, मंगलवार १६:५३ प्रकाशित