प्रधानमन्त्रीसँग १० सांसदका १८ प्रश्नोत्तर

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा १० जना सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । बैठकमा सांसदहरूले देशको आर्थिक, सामाजिक, कूटनीतिक र विकाससँग सम्बन्धित विषयहरूमा केन्द्रित रहेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

सांसदहरू भगवती चौधरी, वासुदेव घिमिरे, विन्दवासिनी कंशकार, भानुभक्त जोशी, विनाकुमारी थनैत, भीमप्रसाद आचार्य, बुद्धिमान तामाङ, विनीता कठायत, विमला सुवेदी र मनिष झाले प्रधानमन्त्रीलाई १८ वटा प्रश्न गरेका हुन् । प्रधानमन्त्रीले उनीहरूका प्रश्नको जवाफ लिखित वाचनसहित केही मौखिक रूपमा समेत दिएका छन् ।

  • ७ चैत्र २०८१, बिहीबार १६:१५ प्रकाशित