धनुषामा प्रहरीले चलायो गोली, एक जना घाइते

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

धनुषामा प्रहरीले चलाएको गोली लागेर एक जना घाईते भएका छन् । धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका हुन् ।

गोली लागेर एकजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनको पहिचान खुलेको छैन ।
झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउनु परेको डीएसपी सिंहले बताए । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन लागिएको छ ।

भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ ।

  • ४ चैत्र २०८१, सोमबार १५:४१ प्रकाशित