हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो, ४ घाइते

केन्द्रभाग मिडिया

हुम्ला ।

हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार नेत्रकलाको घटनास्थलमै ज्यान गएको हो ।सर्केगाड गाउँपालिका–७ कि तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् । उनीहरू २५ वर्षदेखि २८ वर्ष उमेर समूहका छन् ।

  • २८ फाल्गुन २०८१, बुधबार १२:५६ प्रकाशित