काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् ।

राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्‍याली बबरमहलहुँदै नारायणहिटीसम्म पुगेको हो ।राप्रपाको र्‍यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।

ट्राफिक अस्तव्यस्तको असर बागमती करिडोर क्षेत्रका सडकहरूमा पनि परेको छ ।

  • २१ फाल्गुन २०८१, बुधबार १४:५८ प्रकाशित