सराङकोटमा जारी धार्मिक पर्यटन महाउत्सवमा भक्तजनको घुइचो

केन्द्रभाग मिडिया

पोखरा ।
सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम बढ्दै गएको छ । महायज्ञको छैटौं दिन सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गरेका छनभने सोमबार मात्रै  ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए । योसँगै हालसम्म यज्ञमा १ करोड ५३ लाख बढी दान संकलन भएको छ ।
सोमबार मात्रै सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गरेका थिएभने पोखराका विभिन्न वडा, छिमेकी पालिका, पर्वत, तनहुँ एवम् धादिङबाट समेत विभिन्न संघसंस्था सराङकोट धाम पुगी दान गरेका छन । सोमबार दान लिन तथा भक्तजनको व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे प¥यो। यसअघि महायज्ञ स्थल तथा धाम गरी २ ठाउँबाट दान संकलन गर्ने गरिएकोमा सोमबार सचिवालयबाट समेत गरी ३ स्थानबाट दान संकलन भयो। भक्तजनको उल्लेख्य सहभागिता हुदाँ केबलकारमा दिनभरजसो ओहोरदोहोर चलि नै रहयो ।
सराङकोट निकै रमाइलो छ, यो जिउँदै स्वर्गको अनुभव गर्ने ठाउँ हो, त्यहाँ पुगेपछि जो कोहीको मन पनि लोभिन्छ र आकर्षित हुन्छ । सोमबार यज्ञ स्थलमा भेटिएकी पोखरा १६ बाटुलेचौर स्थित मैदान आमा समूहकी सदस्य अञ्जु थापाले भनिन रमाइलो मात्र होइन, बेस्सरी रमाइलो भयो आज सराङकोट धाममा।
यज्ञमा सोमबार पोखरा १८ निवासी गौमती जिसी परिवारले रु.३ लाख ४८ हजार ९ सय ९९, पोखरा न्यूरोड निवासी तीर्थबहादुर उर्मीला बस्नेत परिवारले रु.२ लाख ३३ हजार ३ सय ३३, त्यस्तै पोखरा ८ निवासी कृष्णबहादुर कुँवर परिवारले पनि समान रु.२ लाख ३३ हजार ३ सय ३३ दान गरेका छन ।
त्यस्तै पोखरा १८ निवासी रमेश सुशिला थापा परिवारले रु.१ लाख ११ हजार १ सय ११, बालहितकारी परियोजना पोखरा १५ नयाँगाउँले रु.१ लाख १ हजार १ सय ११, पुन समाज नदीपुरले रु. ५३ हजार १ सय ११, पोखरा १८ मेथलाङका गोविन्द तथा ईश्वर गौतम परिवारले रु.५१ हजार १ सय ५५, पोखरा १८ तोरीपानीकी सुमित्रा तिमिल्सीनाको परिवारबाट रु.५१ हजार १ सय ५५, पोखरा २२ पुग्दीभुम्दी निवासी चन्द्रकान्त वराल परिवारबाट रु.५१ हजार दान प्राप्त भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए ।
सोमबार यज्ञलाई सम्बोधन गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोट पवित्र भूमि भएको चर्चा गर्दै त्यहाँको बृद्धि विकासमा महानगरपालिका प्रयत्नशील रहेको बताए । आचार्यले धार्मिक पर्यटकीय क्षेत्र अन्र्तगत आगामि दिनमा विश्व बैकको सहयोगमा सराङकोटमा विभिन्न संरचना निर्माण हुने स्पष्ट पनि पारे ।
सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।
  • २० फाल्गुन २०८१, मंगलवार ०८:१६ प्रकाशित