पोखरा ।
काठमाडौको शंखरापुर ३ बाट ११ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौका अनुसार शंखरापुर ३ मा रहेको हिमालयन भ्यु पोईन्ट रिसोर्टको कोठामा तास खेलिरहेका उनीहरुलाई नगदसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट पाँच लाख ३३ हजार दुई सय रुपैयाँ र ३ बुक तास बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त, बौद्ध समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
तास खेलिरहेका ११ जनालाई नै नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहोराले जानकारी दिए ।















