काठमाडौं ।
नवलपरासी पश्चिममा प्रहरीले हवाई फायर गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गरेको हो ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गरेको हो ।आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिजो ९सोमबार० बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो । सोही विषयलाई लिएर आज तनाव बढेको बताइएको छ ।














