प्रधानमन्त्रीको ७३औं जन्मदिनमा झापामा पूजा र हवन

७३ विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरण

केन्द्रभाग मिडिया

बिर्तामोड ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औं जन्मदिनका अवसरमा ७३ वटा विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ ।

उनको जन्मदिनमा झापाको कन्काई नगरपालिका(२, धनुष्कोटीमा पूवा र हवनसहित ७३ दीप प्रज्वलन गरिएको थियो । श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका वडा नं। २ लगायतको अगुवाइमा पूजा गरिएको हो । अष्टचिरञ्जीवीको पूजापछि नजिकै रहेको वन क्षेत्रमा वृक्षरोपण गरिएको थियो ।

वृक्षरोपण गरिएको क्षेत्रलाई वनका अध्यक्ष रिसालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा ‘जन्मोत्सव पार्क’ नामाकरण भएको घोषणा गरेका हुन्।

 

  • ११ फाल्गुन २०८१, आईतवार १२:५० प्रकाशित