भरुवा बन्दुकसहित कास्की माछापुच्छ्रेका मनबहादुर पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका– ८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विकलाई भरुवा बन्दुक २ थान र बारुद सहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

  • ११ फाल्गुन २०८१, आईतवार १२:३७ प्रकाशित