आहा ! रारा पोखरा गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लब भिड्दै

केन्द्रभाग मिडिया

पोखरा ।

२४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ । खेल पोखरा रंगशालमा दिउँसो २स्३० बजे सुरु हुनेछ ।

दुवै टोली पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्दैछन् । सिक्किमको थण्डबरबोल्ट युनाइटेडले पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो ।

उता उज्बेकिस्तानको ब्लाक बुल्स एफसीले भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यो खेलको विजेताले सेमिफाइनलमा नेपालको ए डिभिजन क्लब थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

  • २९ माघ २०८१, मंगलवार ११:४० प्रकाशित