पोखरा ।
शहीद दिवसको अवसरमा गण्डकीकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले शहीदचोक स्थित शहीद स्तम्भमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवसका अवसरमा बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दु कुमार थापा, आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा, बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र मौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकासबहादुर केसी सहित प्रदेशसभाका उपसभामुख, निवर्तमान मुख्यमन्त्री, दलका प्रमुख सचेतक, सांसदहरु, गण्डकीका प्रमुख सचिव, मन्त्रालयका सचिवहरु, विभिन्न दलका प्रदेश नेताहरु, गण्डकी प्रदेश स्थित विभिन्न कार्यालय प्रमुख र सुरक्षा अधिकारीहरु शहीद चोक स्थित शहीद स्तम्भ पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण र सम्मान प्रकट गरेका हुन् ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले प्रत्यक १६ माघमा शहीद दिवस मनाउँदै आएको छ ।














