काठमाडौँ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
धरौटी बुझाएर जोशी रिहा भएका छन् । जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पनि ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।














