जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी

केन्द्रभाग मिडिया

Symbolic picture

 

पोखरा ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी भएको छ । आगलागीमा परेर मुस्ताङका प्रमुख जिल्ला अधिकारीका पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाईते भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका इनिस्पेक्टर गणेश सुवेदीले जानकारी दिए ।घाइते तिवारीको दुबै हात र अनुहार जलेको छ । उनलाई थप उपचारका लागि पोखाराको स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ । आगलागीको कारण विद्युत सट वा ग्यास लिक भएर हुनसक्ने उनको भनाई छ ।

मुस्ताङ प्रशासनको पुरानो भवनमा विहान १ ः ३० भएको आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा बिहान ३ः१५मा पूर्ण नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार उक्त प्रशासनको भवनमा सिडियोका पिएसओ बस्ने गर्थ्ये ।

आगलागीबाट प्रशासन कार्यालयको भवनमा आशिंक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने प्राप्त भइनसकेको प्रहरीले बताएको छ ।

  • ३ माघ २०८१, बिहीबार ०९:२६ प्रकाशित