धरौटी बुझाएर रिहा भए रास्वपा सभापति लामिछाने

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

सहकारी ठगी लगायतका मुद्दामा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर लामिछाने रिहा भएका काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

  • २ माघ २०८१, बुधबार १९:४६ प्रकाशित