राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी

केन्द्रभाग मिडिया

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन्।

मंगलबार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन्। वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताए।

अध्यक्ष सिंहले पुस २७ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको बताए। भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने उनले जानकारी दिए। उनले भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको बताए।

उनले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरूले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताए।

  • २४ पुष २०८१, बुधबार १५:५३ प्रकाशित