गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरूङ पक्राउ परेकी छन् । सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष रहेकी उनलाई सहकारी ठगि प्रकरणमा पक्राउ गरिएको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई मंगलबार आफ्नै निवासबाट पक्राउ गरेको कास्की प्रहरीले बताएको छ ।

कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो ।

मीना गुरुङ २०६५ देखि २०६८ सम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य थिइन् । उनी रहेको समितिले दुई पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

समितिको कार्यकालमा सहकारी सञ्चालनको मूल्य मान्यताविपरीत बचतकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि बचत रकम गरी सो ऋण रकम असुलउपर समेत नगरी हिनामिना गरेको ठहर छ । उनी नेकपा एमालेको तर्फबाट प्रदेश सांसद बनेकी थिइन ।

  • १० पुष २०८१, बुधबार ०७:१२ प्रकाशित