काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ ।
पार्टीको एक शीर्ष नेताले अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी भएको जानकारी दिए ।तर‚ अहिलेसम्म पार्टीले निर्णय गरिसकेको छैन ।
ती नेताका अनुसार आज जुम मार्फत सचिवालय बैठक बस्ने तयारी भएको छ । सोही बैठकले अर्याललाई कार्यवाहक दिन सक्ने उनको भनाइ छ ।
अर्याललाई कार्यवाहक बनाउन यसअघिनै पार्टी उपसभापति स्वर्णिम वाग्लेले सहमति दिइसकेका छन् ।यस्तै संसदीय दलको नेता भने कसलाई बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन ।