एनपीएलमा सट्टेबाजी गर्ने थप दुई भारतीय पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ४७ वर्षीय हरिस जावा र ३८ वर्षका ऋषि मातन छन् ।

उनीहरूलाई टोखा नगरपालिका–३ ग्रान्डी टावर स्थित नेप्चुन अपार्टमेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले उनीहरूको साथबाट एनसेलको सिम ८ थान, मोबाइल ५ थान र ल्यापटप बरामद गरेको छ ।

उनीहरूले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेलमा सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो ।

  • ८ पुष २०८१, सोमबार १४:१३ प्रकाशित