पोखरा ।
पोखराको नगर सभ्यता स्थलको रुपमा रहेको पोखरा ४ को गणेशटोलमा विगतका वर्षहरु देखि आयोजना हुँदै आएको यःमरी महोत्सव एवम् सांस्कृतिक कार्यक्रमको पाचौं संस्करण यही १३ पुसमा आयोजना हुनेभएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पोखरामा आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको हो ।
पोखरालाई चिनाउने विभिन्न कला सांस्कृतिक सम्पदाहरु रहेको पुरानो बजार गणेश टोल, रामकृष्ण टोललाई संरक्षण र प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको पोखरा ४का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।
नेवाःखल कास्कीका अध्यक्ष असोक पालिखेले नेवारी कला र संस्कृतिको जगेर्ना गर्नका लागि पोखरा महानगरपालिका वडा नम्बर ४ ले महत्वपूर्ण योगदान दिएको बताए । उनले यःमरी महोत्सव सबैको साझा महोत्सवको रुपमा रहेको र यसको व्यापक प्रचारप्रशारले अगामी दिनमा पोखरा सडक महोत्सवकै स्थान लिने समेत अपेक्षा प्रकट गरे ।
महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित सांस्कृतिक कार्यक्रम गरिने नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताईन् । उनका अनुसार महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहने अध्यक्ष बज्रचार्यले दिइन् ।
महोत्सवमा यःमरी, समयबजी र बारा लगायतका परिकार प्रस्तुत गरिनेछ । मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुत गरिनेछ । वडाध्यक्ष पराजुका अनुसार पोखरा–४ को कार्यालयबाट महोत्सव अघि झाँकीसहितको ¥याली निकालिनेछ ।
सडक, पानी, वत्ती मात्रै विकास होईन,उनले भने, ‘संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपनि विकास हो ।’ उनले पोखराको रामकृष्णटोलदेखि गणेशटोल, भीमसेनटोल, मोहरिया टोलहुँदै बागबजारसम्मको क्षेत्र नेवारी परम्परा र संस्कृतिको ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षणका लागिपनि चाँडै योजनाबद्ध ढंगले काम गर्ने तयारी भएको बताए ।
नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले यःमरी महोत्सवले पर्यटन प्रवद्र्धनमापनि योगदान दिने विश्वास व्यक्त गरिन् । ‘संस्कृतिको विविधता हाम्रो विशेषता हो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दा पर्यटनमापनि टेवा पुग्छ’ उनले भनिन् ।’
महोत्वसमा लोकदोहोरी गायक पशुपति शर्मासहितका कलाकारले विभिन्न प्रस्तुति दिने समेत उक्त अवसरमा जानकारी दिइएको छ ।