संसद् बैठकमै ढले सांसद भरत खड्का : वीर अस्पताल लगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा बैठककै क्रममा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।

उनी ढलेसँगै संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । बल्ग ड्रेसर हाइ भएका उनी एकाएक ढल्न पुगेको बताइएको छ ।

उनमा ग्लुकोजको मात्रा बढी भएको प्रारम्भिक स्वास्थ्य जाँचका क्रममा देखिएको छ ।

  • १८ भाद्र २०८३, बिहीबार १५:०३ प्रकाशित