काठमाडौं ।
बिहीबार सेयर बजार २५४२ अंकमा कायम भएको छ । अघिल्लो दिन १५ अंक बढेको नेप्से परिसूचक आज ४.६६ अंक बढ्यो । यो साता बजार लगातार तीन दिन सकारात्मक देखियो ।
बजारको उतारचढाव आज न्यून रह्यो । दिनभर न्यूनतम अंक २५३३ देखि अधिकतम २५४५ अंकको बीचमा नेप्से रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन २ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४६ करोडको भयो ।
१४५ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने १० को स्थिर रह्यो ।













