काठमाडौं ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।
आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो ।उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।
साथै, श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।