पोखरा ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका तत्कालिन अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध आज मुद्धा दर्ता गरेको छ ।
सरकारी वकिल कार्यालय कास्कीले दुई चरणमा मुद्धा दर्ता गर्ने गरि आज जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित अन्य ५ जना प्रतिवादी विरुद्ध आइतबार मुद्दा गराउने तयारी गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीका प्रमुख कमला काफ्लेका अनुसार हदम्याद नभएकाले केही प्रतिवादीविरुद्ध आज पूरक अभियोग पत्र दर्ता भएको र बाँकीको हकमा आइतबारसम्म म्याद भएकाले दर्ता हुनेछ।
शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको हकमा अर्को अभियोग पत्र पेस हुनेछ। आज मुद्दा दर्ता भएका सबै प्रतिवादीहरू फरार रहेका छन् ।















