पोखरा ।
पोखराको वडा नम्बर ८ मा रहेको सृजना माविमा सृजना स्पोर्ट मिट २०८१ सम्पन्न भएको छ । शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट)– २०८१ सम्पन्न भएको हो । ‘विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदु भन्ने मूल नाराका साथ यही २६ र २७ मंसिरमा दुई दिवसीय रूपमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूका बीच वृहत खेलकुद कार्यक्रम सञ्चालन भएको थियो ।
उक्त कार्यक्रममा तहगत रूपमा अन्तर्सदनात्मक तथा खुल्ला प्रतिस्पर्धात्मक गरी विभिन्न खेलहरू सम्पन्न भएका थिए । विद्यालयका प्राचार्य डोलराज पाण्डेको संयोजकत्वमा सम्पन्न उक्त खेलकुद कार्यक्रमको उद्घाटन नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक तथा विद्यालयका अभिभावक रामु ढकालले बेलुनको गुच्छा उडाएर उद्घाटन गरेका थिए भने विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरेले उद्घाटन सत्रमा मन्तव्य राख्दै कार्यक्रमको उच्च सफलताको शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयको वार्षिक खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि तहगत रूपमा विभिन्न खेलका खेलकुद संयोजकहरू चयन गरी जिम्मेवारी बाँडिएको थियो । कार्यक्रमको पहिलो दिन २६ मंसिरको बुधवार विद्यालयको खेल मैदानमा नर्सरी देखि कक्षा ३ सम्म बेलुन ब्लास्ट, म्युजिकल चियर, सियो धागो दौड लगायतका थुप्रै खेलहरू कक्षागत रूपमा सम्पन्न गरिएको थियो भने कक्षा ४ र ५ का छात्रछात्राहरूको ह्याण्ड बल खेल विद्यालयकै खेल मैदानमा सम्पन्न गरिएको थियो । यसैगरी कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूका बिचमा फुटसल खेल फरेष्ट फुटसल खेल मैदानमा सम्पन्न भएका थिए ।
सोही दिन कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूको एथलेटिक्स अन्तर्गतका १०० मिटर, २०० मिटर, ४ण्ण् मिटरका दौडहरूका हिट छनोट चरणका खेलहरू मालेपाटन खेल मैदानमा सम्पन्न गरिए।
कार्यक्रमको दोस्रो दिन मङसिर २७ गते विहीवार कक्षा ४ र ५ का छात्रछात्राहरूका लागि चम्चा दौड, बेलुन ब्लास्ट खेलहरू लगायत कक्षा ६ र ७ का छात्रछात्राहरूका लागि मेमोरी गेम जस्ता विभिन्न खेलहरू मालेपाटन खेलमैदानमा सम्पन्न भएका थिए । यसैगरी सोही दिन कक्षा ६ देखि १० सम्मका छात्रछात्राहरूका लागि टग अफ वार (डोरी तानी) खेलका साथै कक्षा ८ देखि १० सम्मका छात्रछात्राहरूका लागि बास्केटबलका खेलहरू मालेपाटन खेल मैदानमा सम्पन्न गरिएको थियो ।
कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूको एथलेटिक्स अन्तर्गतका विभिन्न दौडहरूको फाइनल खेलका साथै कक्षा ११ र १२ का छात्रछात्राहरूको ुस्पोर्ट मिटु कार्यक्रम पोखरा रङ्गशाला खेल मैदानमा सञ्चालन हुने र सोही खेलबहरूको समापनसँगै विभिन्न खेलहरूमा विजयी छात्रछात्राहरूलाई पुरस्कार तथा मेडल वितरण कार्यक्रम सञ्चालन गरिने कुरा विद्यालयका भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्यले जानकारी दिए।














