यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार) कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका पहाडी भागका धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहने छ भने हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • २३ श्रावण २०८३, शनिबार ०८:०० प्रकाशित