१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन

केन्द्रभाग मिडिया

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 8; cct_value: 5600; AI_Scene: (-1, -1); aec_lux: 44.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 29;

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ । कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्ष बाट शुरु भएको रनिङ शिल्ड कास्की मोडनाइज्डले हाता पारेको हो । चाँदी जडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड कास्की मोडनाइज्ड एकेडेमीलाई प्रदान गरिएको हो ।

त्यसैगरी त्रिवेणी पब्लिक १ सय ५८ अंकका साथ द्धितीय भयो भने सिद्धार्थ लवडेल बोर्डिङ स्कुल १ सय १२ अंकका साथ तृतीय भयो । त्यस्तै एथलेटिक्स तर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, हेम्जा वोर्डिङ स्कुल दोस्रा तथा चिल्ड्रेन्स एकेडेमी र लिटल फ्लावर एजुकेशनल एकेडेमी तेस्रो भए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुदको विकासमा एन प्याव्सनले गरेको यो महोत्सवले ठूलो टेवा मिलेको बताए । यस क्षेत्रको खेलकुद विकासका लागि प्रदेश सरकारको स्रोत र साधान प्रयोग गरि खेलकुदका संरचाना निर्माणमा तिव्रता दिएको बताउँदै पोखरालाई खेलकुदको हवको रुपमा विकास गर्ने उल्लेख गरे ।

थापाले विद्यार्थीहरुको मनोबल उच्च राख्नका लागि खेलकुदलाई अतिरिक्तमा मात्र नभई पढाईसँग अभिन्न अंगमा रुपमा लैजान सुझाव समेत दिए । नेशलन प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले एन प्याव्सन कास्कीले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताए । यसअघि कास्की मोडनाइज्ड एकेडेमी र गण्डकी एकेडेमी कास्कीबीच भएको फाइनल खेलमा ३–० ले कास्की मोडनाइज्ड एकेडेमी विजयी भएको थियो ।

खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गरेका थिए । जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा, सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जानएका थिए ।

त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा गरेका थिए । जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको थियो । त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड रहेको थियो । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको थियो ।

त्यस्तै सडक दौड, क्रिकेट हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल र छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको थियो । २०५५ सालमा स्थापना भएको एनप्याव्सनमा हाल ४९ विद्यालय आवद्ध रहेका छन् । नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए

  • २९ मंसिर २०८१, शनिबार ०८:५३ प्रकाशित