रवि लामिछानेलाई आज पोखरा ल्याउने तयारी

केन्द्रभाग मिडिया

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगन्जबाट आज पोखरा ल्याउने तयारी भएको छ।

रविलाई पोखराबाट अनुसन्धानका लागि पर्सा लगिएका थिए । रविको दुई दिन सरकारी वकिल कार्यालय पर्सामा उनको दुई दिन बयान भएको थियो । यता पोखरामा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

पुस ५ गते अघि नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ। रवि र छविलाल जोशीविरुद्ध पूरक अभियोगपत्र पेस हुने छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान भएको छ ।

कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । त्यहाँ पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि छ ।

बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो ।

  • २६ मंसिर २०८१, बुधबार ०९:०२ प्रकाशित