आज सुनको मूल्य तोलामा २१०० रुपैयाँले बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • २५ मंसिर २०८१, मंगलवार ११:०२ प्रकाशित