चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे शिक्षक

केन्द्रभाग मिडिया

काठमाडौं

चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस आरआरका विद्यार्थीले शिक्षकलाई कुटेका छन्।

परीक्षामा गार्ड बसेका शिक्षकले विद्यार्थीलाई चिट चोरिरहेको देखेपछि विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालिदिएका थिए । चिट चोर्ने विद्यार्थी कुवेर जेठाराले परीक्षा सकिएपछि आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएर शिक्षकलाई कुटपटि गरेको बताइएको छ ।

परीक्षामा गार्ड बसेका सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीलाई उनीहरुले स्टिलको जगले टाउकोमा प्रहार गरेका हुन् । शिक्षक पुडासैनीको टाउँको गम्भिर चोट लागेको र उनको टाउँकोमा सात वटा टाँका लगाउनुपरेको बताइएको छ ।

विवादपछि परीक्षा स्थगित भएको छ।

  • ६ पुष २०७८, मंगलवार १४:०६ प्रकाशित