आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३५ रुपैयाँ २२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा थियो ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६९ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ०० पैसा र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ०८ पैसा र बिक्री दर ३७ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।

  • १८ मंसिर २०८१, मंगलवार ०९:२५ प्रकाशित