पोखरा ।
पर्यटकीय राजधानी पोखरासहित देशका विभिन्न स्थानमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाले यति एयरलाइन्ससंगको सहकार्यमा प्रोमो कोड प्रयोग गरी हवाई यात्रा गर्दा छुटको अफर ल्याएको छ । यो अफर यही १५ मंसिरबाट १५ मागसम्म लागु हुने होटल पौवा पोखरा प्रालिका महाप्रबन्धक केशव भण्डारीले जानकारी दिए । उनका अनुसार होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट सबै यात्रुले हवाई भाडामा ३ सय रुपैयाँ छुट प्राप्त गर्ने छन् ।
यति एयरलाइन्समा हवाई यात्राका लागि टिकट खरिद गर्दा पौवाको वाइटीपीएयूडब्लूए३०० कोड समाविष्ट गरेर टिकट काट्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट प्राप्त हुने भण्डारीले जानकारी दिए । यस सम्बन्धि सम्झौता केही दिन अगाडि भइसकेको छ ।
यसैगरी यति एयरलाइन्सको बोडिङपास लिएर आउने ग्राहकलाई ४८ घण्टासम्म हरेक सेवामा १० प्रतिशत छुट व्यवस्था होटलले गरेको छ । यही १ पुसदेखि २९ पुससम्म कफि उत्सव सञ्चालन हुने र सो उत्सवमा पौवाले वितरण गरेको कफी कुपन प्रयोग गरी निःशुुल्क कफी लिन सकिने महाप्रबन्धक भण्डारीले बताए । होटल पौवाले उपलब्ध गराएको कुपनबाट हरेक दिन निशुल्क कफी प्राप्त गर्न सक्नेछन् ।
विक्रम सम्बत २०७२ मा रुपन्देहीको सालझण्डीमा सामान्य खाजा पसलबाट सेवा प्रारम्भ गरेको होटल पौवाले अहिले ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिँदै देशभर आफ्नो शाखा बिस्तारलाई तिब्रता दिएको छ । हालसम्म देशभरीका १८ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ ।
कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा, नवलपुर र खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशाला, बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार भएको छ । नेपालगञ्जमा पाँच तारे होटल सञ्चालनको तयारी छ । अहिले निर्माणको काम धमाधम चलेको र अबको ६ महिना भित्रमा पाँचतारे होटल सञ्चालनको लक्ष्य राखिएको महाप्रबन्धक भण्डारीले जानकारी दिए ।