पोखरा ।
कोपिला नेपालको आयोजनामा यातना पिडितका सबालमा सरोकारवालाहरूको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले यातना पिडितहरूका समस्या सम्बोधन गर्न राज्य का निकाय उदासिन हुन नहुने भन्दै उनीहरुको पुनर्स्थापना र सहयोगमा तीनै तहका राज्यका निकायहरूलाई नीति तथा कार्यक्रम तयार गर्न अनुरोध गरे।
सरोकारका विषयमा भएका कानुनी र व्यवहारिक जटिलता तत्काल सम्बोधन गरेर इमान्दारीताका साथ सबै लाग्नु पर्ने पौडेलको भनाइ थियो।
प्रमुख पौडेलले यातना पिडितका मानसिक समस्यालाई उपचार गर्ने सन्दर्भमा आफुले विभिन्न तहका सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै गण्डकी प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन गत आर्थिक वर्षमा जिल्ला सभा मार्फत पालिकाहरू सहित प्रदेश र संघ सरकारलाई आग्रह गरिएको बताए ।

यातना पीडित महिला तथा बालबालिकाहरूको पुनर्स्थापनाका लागि पोखरा महानगर वडा न ३३ को आमाचौरमा निर्माणाधिन पुनर्स्थापना केन्द्र अलपत्र परेको उल्लेख गरे ।राज्यको करोडौं रुपैयाँ खर्च भैसकेको उक्त केन्द्र संचालन गर्न जिल्ला समन्वय समितिबाट पटक पटक प्रदेश सरकार र पोखरा महानगरको ध्यानाकर्षण गरायौं तर तीन वर्ष देखि विनियोजित बजेट समेत उपयोग हुन सकेन पौडेलले उल्लेख गरे ।
उक्त पुनर्स्थापना केन्द्र तत्काल सञ्चालनको वातावरण बनाउनेतर्फ केन्द्रीत हुन पौडेलले आग्रह गरे। कार्यक्रममा यातना पिडित समाज गण्डकी प्रदेशका उपाध्यक्ष भरतमणी भट्टराईले आफुहरूका सरोकारका विषयमा सरकार थप गम्भीर र जवाफदेही हुनुपर्ने उल्लेख गरे।














